थप १३ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २२ जेठ २०७९, आइतबार १०:१८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणमा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप ९ जना कोरोनामुक्त भएका छन्।  योसहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ।

हाल नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।