भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

न्युजलय ३३ असार २०७९, आइतबार ०७:५७ मा प्रकाशित

काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपाललाई पठाउने पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अन्तर्रांष्ट्रिय बजारमा इन्धनको कच्चा मूल्य घटेपछि भारतले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। 

नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो। यसबाट आयल निगमलाई राहत पुगेको छ । 

भारतबाट इन्धनको मूल्य घटेर आए पनि तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने अवस्था नरहेको निगमले जानकारी दिएको छ ।