सुनसरी । आगामी ३० गते हुने स्थानीय निर्वाचनका लािग सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य पदका लागि पाँच सय ४३ जनाको उमेदवारी परेको छ ।
निर्वाचन अधिकृत कार्यालय इटहरी उपमहानगरले दिएको जानकारी अनुसार ३० वर्ष भन्दा कम उमेर समूहका ४८ जना, ३१ वर्षदेखि ५० वर्ष उमेर समूहका तीन सय २० जना, ५१ वर्षदेखि ७० वर्ष उमेर समूहका एक सय ६७ जना र ७१ वर्ष भन्दा माथीको उमेर समूहका आठ जनाको उमेदवारी परेको छ । कार्यालयका अनुसार ३० वर्ष भन्दा कम उमेर समूहमा सबैभन्दा बढी उमेदवारी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १८ जनाको परेको छ । त्यसपछि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दश जनाको उमेदवारी परेको कार्यालयले जानकारी दिएको छ । यो उमेर समूहमा तेस्रो सबैभन्दा बढी संख्यामा उमेदवारी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)बाट परेको छ । माओबादी केन्द्रबाट यो उमेर समूहमा ९ जनाको उमेदवारी जानकारी दिएको छ । यो उमेर समूहमा नेकपा (एमाले) र नेपाली काँग्रेसबाट सम्मान चार÷चार जनाको उमेदवारी परेको छ । यहि उमेर समूहमा स्वतन्त्र, जनता समाजवादी पार्टी र मंगोल नेशनल अर्गनाईजेसनबाट एक÷एक जनाको उमेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
३१ वर्षदेखि ५० वर्ष उमेर समूहमा सबैभन्दा बढी नेपाली काँग्रेसबाट उमेदवारी परेको छ । काँग्रेसबाट यो उमेर समूहमा ६९ जनाको उमेदवारी परेको छ । दास्रो स्थानमा नेकपा (एमाले) रहेको छ । यो उमेर समूहमा एमालेबाट ६१ जनाको उमेदवारी परेको छ । यहि उमेर समूहमा नेकपा (माओवादी केन्द्र)बाट ५२ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ५० जनाको उमेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट यहि उमेर समूहमा ३४ जना, स्वतन्त्रबाट १८ जना, जनता समाजवादी पार्टी नेपालबाट १३ जना, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट १४ जना, लोकतान्त्रीक समाजवादी पार्टीबाट तीन जना, नागरिक उन्मुक्ति पार्टीबाट दुई जना र मंगोल नेशनल अर्गनाइजेसन, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मौलिक जरोकिलो पार्टी र नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीबाट एक÷एक जनाको उमेदवारी परेको छ ।
५१ वर्षदेखि ७० वर्ष उमेर समूहमा सबैभन्दा बढी नेकपा (एमाले)बाट ३७ जनाको उमेदवारी परेको छ । यहि उमेर समूहमा नेपाली काँग्रेसबाट २४ जना, नेकपा (माओवादी केन्द्र)बाट २७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १८ जना, नेकपा (एकीकृत समाजवादी)बाट १९ जना, स्वतन्त्रबाट १६, जनता समाजवादी पार्टी नेपालबाट ९ जना, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट ६ जना, मंगोल नेशनल अर्गनाइजेसनबाट चार जना, नेपाल लोकतान्त्रीक पार्टीबाट तीन जना, राष्ट्रिय जनमोर्चाबाट दुई जना, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र मौलिक जरोकिलो पार्टीबाट एक÷एक जनाको उमेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । ७० वर्षभन्दा माथि उमेर समूह नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई÷दुई जनाको उमेदवारी परेको छ । यस्तै यहि उमेर समूहमा संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जनाको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नेकपा (एमाले) लगायतका अन्य पार्टीबाट यहि उमेर समूहमा उमेदवारी नपरेको कार्यालयले जानकारी दिएको छ ।