घट्यो सुनको भाउ

न्युजलय २८ माघ २०८०, आइतबार ०६:२० मा प्रकाशित

काठमाडौँ । आइतबार (आज) सुनको भाउ घटेको छ । 

आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले घटेर  छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

साथै आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।