रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका ४ मा शनिवार भएको जीप दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
तीर्थयात्रा सकेर स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा मायादेवी गाउँपालिका ३ निवासी ३२ वर्षिया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अबस्था गंभीर छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाईतेहरुलाई बुटवल रिफर गरिएको छ । ब्रेक नलागेर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।