काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइको निधन भएको छ।
देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन बताइएको छ । क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो।
प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।