सहकारीबाट ठगिएको पैसा जसरी पनि फिर्ता गरिन्छः गृहमन्त्री लामिछाने

न्युजलय ११ बैशाख २०८१, मङ्गलबार ०९:४६ मा प्रकाशित

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पूराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् ।