विराटनगर । पुरातत्त्व विभागले महाभारतमा उल्लेख भएको राजा विराटको दरबारको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व पत्ता लगाउन उत्खनन शुरू गरेको छ।
विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्र भेडियारीमा रहेको दरबारको उत्खनन शुरू गरेको हो।
उत्खनन प्रारम्भ भएकै दिन माटोको थुप्रो भएको ठाउँमा जमीनमुनि इँटाको सिंढी फेला परको छ। त्यस क्षेत्रमा सन् १९६८ मा पुरातत्त्व विभागले पुरातात्त्विक उत्खनन गरेर भेटिएका वस्तु सङ्ग्रहालयमा राखेको थियो।
विभागले भेडियारी पुरातात्त्विक स्थलको अन्वेषण तथा उत्खनन पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीको नेतृत्वको पाँच जनाको टोली खटिएको छ।
सरकारले दरबारका इँटाको थुप्रो भेटिएको सानो ठाउँलाई केही वर्षदेखि पर्खालले घेरेर सुरक्षित गरेको छ। राजा विराटको दरबारको संरक्षण गर्न जग्गा खरीदका लागि विराटनगर महानगरले १० करोड छुट्याएको छ।