नेपाल आइडलको चौथो सिजन आजदेखि सुरु हुँदै

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०३:०६ मा प्रकाशित

काठमाडौं। गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८ः३० बजेदेखि सुरु हुने ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहले जानकारी दिएका छन् ।


यस्तै यस सिजनको मुख्य प्रायोजकका रूपमा कोका–कोला रहेको छ । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक थियो ।


नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू समेत थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ।