सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्युजलय १७ बैशाख २०७९, शनिवार ०१:५६ मा प्रकाशित

काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिन्धुलीबाट चकमके जाँदै गरेको बा प्र ०१–२६–च–०४५६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

 

आज दिउँसो भएको दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन पाटन गाउँपालिका ९ अम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका ७ माझी टारकी रुपा मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


घटनामा सात जना घाइते भएका छन् । घाइतेको बेलघरी स्वास्थ्य केन्द्रमा उपचार भईरहेको उनको भनाइ छ ।

 

कति जना सवार थिए भन्ने अझैँ खुल्न सकेको छैन । बेपत्ताहरूको खोजी कार्य जारी छ । बोलेरो सडकबाट खसेर रुखमा अड्किएको थियो ।