७७ वटै जिल्लामा फैलियो डेंगी, ४७ जनाको मृत्यु

न्युजलय ३० असोज २०७९, आइतबार ०१:३३ मा प्रकाशित

काठमाडौं । देशको ७७ वटै जिल्लामा डेंगी फैलिएको छ।


यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्। गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ।


यस्तै पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।