प्रचण्ड र भाजपा अध्यक्ष जेपी नाड्डाबीच भेट

न्युजलय ३३ असार २०७९, आइतबार ०७:०२ मा प्रकाशित

 काठमाडौं । भारत भ्रमणमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटघाट भएको छ ।

दुई नेताबीच बीजेपी मुख्यालयमा भेट भएको हो । भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

दाहाल–नाड्डाबीच दुई देशीय सम्बन्धबारे छलफल भएको छ ।

शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए ।