दोस्रो दिनपनि ६० अंकले बढ्यो नेप्से

न्युजलय १२ पुस २०७९, मङ्गलबार ०९:१८ मा प्रकाशित

काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भए लगत्तै सोमबार ५६ अंकले बढेको नेप्सेमा पुनः दोस्रो दिन ५९.८७ अंकको वृद्धि भएको हो ।

 

योसँगै दुई दिनमा नै ११५ अंकमाथिले बढ्दै नेप्से सूचक १९ सय ८३ विन्दुमा उक्लिएको छ । उसो त लामो समयपछि आज ३ अर्ब माथिको कारोबार हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार झण्डै ६० अंकले नेप्से बढेको यसदिन ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर कारोबार भएको छ । 


१३ वटै उपसूचक १.४ प्रतिशतदेखि ४.६८ प्रतिशतले बढ्दा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लोगेको छ ।