काठमाडौँ । नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारानको नाम सूर्जेकुमारी भएको बताएकी छन् ।
कपिलवस्तुमा एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री मानन्धरले सूर्यले ‘सोलार सिस्टम’ धानेको र सूर्यले नै नेपाललाई धान्ने बताउँदै आफ्नो नामसमेत सूर्जेकुमारी रहेको बताएकी हुन् ।
उनले आफू भर्खरै मात्र एमालेमा प्रवेश गरे पनि यसरी बोल्ने अवसर दिएकोमा धन्यवादसमेत दिएकी थिइन् ।एमालेले महिलाहरूलाई मौका दिने भन्दै अभिनेत्री मानन्धरले हरेक वर्ग‚ तह‚ तप्काका मानिसहरूलाई पार्टीले महत्त्वका साथ हेर्ने बताइन् ।
एमालेमा प्रवेश गरेपछिको करिश्माले पहिलो पटक आमसभालाई सम्बोधन गरेकी हुन् । करिश्मालाई चैत ८ गते अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका थिए ।