काठमाडौं । सुनसरीमा एकथान कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
दुहबी नगरपालिका–३ स्थित सामुदायिक अस्पताल अगाडिबाट इटहरी –१२, खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।