इटहरीमा मनाइयो पृथ्वी जयन्ती

न्युजलय २८ पुस २०८०, शनिवार १२:४३ मा प्रकाशित

इटहरी । इटहरीमा पृथ्वीनारायण साहको ३०२ औँ जन्म जयन्ती मनाइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह समितिले इटहरीमा सांस्कृतिक झाकी सहितको कार्यक्रम गरेर मनाएको हो ।


कार्यक्रमका प्रमुख वक्ताको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङले नेपाल एकीकरण र त्यसको सामाजिक सांस्कृतिक प्रभाव बारे बोलेका थिए । कार्यक्रममा लाखे, च्याब्रुङ, डम्फु नाचलगायत नेपाली सेना र सशस्त्र प्रहरी बलको विभिन्न सांस्कृतिक झाकी र र्‍याली प्रस्तुत गरिएको थियोे । 


समितिले सोही अवसरमा आयोजना गरिएको ‘नेपाल एकीकरणमा पृथ्वीनारायणको योगदान’ विषयक वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीहरुले समेत प्रस्तुती दिएका थिए । २४ र कलेज स्तरमा १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।


पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजाएर घोडामा सवार गराउँदै मुख्य चौक क्षेत्रमा परिक्रममा सहितको र्‍याली निकालिएको थियो  । र्‍यालीमा विभिन्न जातजातिका मानिसहरुले जातिय भेषभुषा सहित सहभागिता जनाएका थिए । र्‍यालीपछि आयोजित सभालाई प्रमुख वक्ता गुरुङ्ग सहित पुर्व मन्त्री रामकुमार सुब्बा, प्रा.डा. बद्रीविशाल पोखरेल लगायतले पृथ्वी नारायण शाहको योगदान र जीवनीका विषयमा चर्चा गरेका थिए ।


इटहरीमा समिति बनाएर पृथ्वी जयन्ती मनाउन थालिएको १२ वर्ष भएको छ । 


सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख, पदाधिकारी, विभिन्न पेशा व्यवसायका मानिसहरुको उल्लेखिय सहभागिता रहेको थियो ।