काठमाडौँ । नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका एकजना साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।
आइतबारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।
यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।
अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ।