खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा आगोमा जलेर एक महिलाको ज्यान गएको छ ।
खरको थुप्रोमा सल्किएको आगोमा जलेर ४३ वर्षीय मञ्जु परियारको ज्यान गएको हो ।
फुसको छानो हटाउने अभियान अन्तर्गत जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा परियारको शुक्रबार घट्नास्थलमै मृत्यु भएको बताइएको छ ।
खरको थुप्रो नजिकै आगो बाल्ने क्रममा आगो सल्किँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घरमा कोही नभएका बेला रक्सी खाएर खरको थुप्रो नजिक आगो बालेकी परियारको भाग्न नसकेर ज्यान गएको बताइएको छ ।