भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका साँढे ५ बजे सोही स्थानका ४७ वर्षीय सूर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागी घाइते भएका थिए ।
घाइते भएका खत्रीलाई प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।