मुख्यमन्त्री कार्कीलाई तेह्रथुममा कालो झण्ड

न्युजलय २६ असार २०८१, बुधबार ०६:३६ मा प्रकाशित

विराटनगर । तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् । 

तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् ।

प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।

नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुनः कालो झण्डा देखाएका हुन् ।

 मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो ।