प्रकाशपुर । नेपाल प्रेस युनियन बराहक्षेत्रले स्थानीय तह निर्वाचन विषयक अन्तरक्रिया तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
आसन्न स्थानीय तहको चुनाव लक्षित गरेर विहिबार चक्रघटीको जनहित क्लबको सभाहलमा प्रेस युनियनले ११ वटै वार्डका पाटी सभापति र स्थानीय नेताहरु बिच अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा उपस्थित भएकाहरुले काखापाखा नगरी टिकट वितरण गरेमा मेयर, उपमेयर सहित सबै वार्ड जित्न सजिलो हुने बताएका थिए ।
कार्यक्रममा प्रमूख अतिथि नेपाली काग्रेस जिल्ला सभापति केदार भण्डारीले स्थानीय तहको चुनावमा सबै ठाउँमा बहुमत आउने दावी गर्दै सबैलाई जुट्न आग्रह गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति पंकज महतो, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय अमर खड्का र भिषण राई, प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, नगर सभापति रमेश कार्की, पूर्व नगर सभापति नारायण नेपाल लगायतको उपस्थिति रहेको थियो । संगम विष्टको सभापतित्वमा भएको कर्यक्रमको सञ्चालन छविना मगरले गरेकी थिइन् ।