काठमाडौं । ठमेलमा एक विदेशी नागरिकको मृत्यु भएको छ।
बुधबार(आज) बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो। उनी ठमेलको होटल मनाङमा बसेका थिए।
आज बिहान सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।