काठमाण्डौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७० हजार कित्ता बढी सेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले भोलि माघ १० गतेबाट लिलामी प्रक्रियामार्फत १ लाख ७० हजार ३७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। यो लिलामी सेयरमा इच्छुक जो कोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्ने छन्।
बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्ने छ। अधिकतममा भने कुनै हद लाग्ने छैन। लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकिएको छ।
बोलपत्र काठमाण्डौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नु पर्ने छ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २४ गतेसम्म तोकिएको छ।