प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

न्युजलय १० पुस २०८०, मङ्गलबार ०९:४१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् ।

साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले एक वर्षमा आफूले गरेका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन् । दाहालले प्रधानमन्त्री भएदेखि नै देशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका थिए । 

दाहाल गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ गते शपथ ग्रहण गरेका थिए ।