घट्यो सुनको भाउ

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार ०५:४५ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको छ ।