कोरोना संक्रमित पुरुषको मृत्यु

न्युजलय २२ माघ २०७८, शनिवार ०९:४० मा प्रकाशित

वीरगञ्ज । वीरगञ्जमा शनिबार(आज) बिहान उपचारको क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

रौतहटको माधवनारायण नगरपालिका–१ दिपही का ७० वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले बताएको छ । निमोनिया देखिएका उनी पहिलेदेखि नै मुटुका बिरामी थिए।