इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।