नागरिकतामा ‘कुकुर’, ‘कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न माग

न्युजलय २४ साउन २०७९, मङ्गलबार ०७:१४ मा प्रकाशित

 काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

मंगलबार(आज) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानमा दलितलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सभामुखसँग ‘रुलिङ’ गर्नसमेत माग गरेकी छन् ।

उनले भनिन्, ‘नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’