झापाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०६:०८ मा प्रकाशित

झापा। झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। विर्तामोडबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा झापा गाउँपालिका– ४ का १९ वर्षीय अब्दुल अन्सारी र विर्तामोड नगरपालिका– ४  का १९ वर्षीय उतम बर्देवा रहेका छन्। 

बुधबार बेलुका बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका– ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ।