घट्यो सुनचाँदीको भाउ

न्युजलय ५ असार २०८०, मङ्गलबार ०५:११ मा प्रकाशित

 काठमाण्डौ । मङ्गलवार(आज) सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँले कारोबार भइरहेको छ । हिजो सुनको भाउ सोमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो । 

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।