कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने

न्युजलय ११ साउन २०८१, शुक्रबार ०५:११ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा  माओवादी केन्द्र बाहिरिने भएको छ । माओवादी केन्द्रबाट  हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा  रहेका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज पार्टी सरकारबाट बाहिरिने बताए।

गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।

केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

कोशी सरकारमा माओवादीबाट भौतिक पूर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।