एसियन कप छनोट खेलमा आज नेपाल ताजिकिस्तानसँग भिड्दै

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०२:०८ मा प्रकाशित

काठमाडौँ । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।


रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।


ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।


छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।