एमालेका पुर्व अर्थमन्त्रीहरु भन्छन्, गभर्नर हटाउनुमा अर्थमन्त्रीको गलत नियत’

न्युजलय २७ चैत २०७८, आइतबार ०८:१९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको आर्थिक अवस्था जटिलतिर उन्मुख भएको बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजेट र मौद्रिक निति ल्याउने बेला देश गभर्नरबिहीन बनेको बताए ।

पाण्डेले देश टाट पल्टेर श्रीलङ्कामा अर्थमन्त्री भाग्ने अवस्था आएको बताउँदै नेपालमा पनि यस्तो अवस्था आउलासक्ने चेतावनी दिएका छन् । उनले पुँजीगत खर्च बढाउन समस्या आउनु 

यस्तै पुर्वअर्थमन्त्री युवराज खतिवडाले पनि गभर्नर हटाउने निर्णयको विरोध गरेका छन् । उनले अर्थतन्त्र सुधार गर्न खोज्ने गभर्नरलाई हटाउनु गलत भएको बताए । उनले बजारलाई छाडा छोड्ने र व्यवशायीसँग साँठगाँठ राखेकोले पनि मूल्यवृद्धि भएको बताए ।