मन्त्री नपाए दाम्लो चुँडाउने धेरै भए; मुख्यमन्त्री राजेन्द्र राई

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०८:५८ मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालयको संख्या बढाउन लागिएको बताएका छन् ।

शनिवारबाट शुरू भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रदेश सरकारको कामको बारेमा जानकारी गराउँदै राईले गठबन्धनमा मन्त्रालयको संख्या बढाउने सहमति भएको बताए । 

पार्टीहरूमा मन्त्री हुनका लागि दाम्लो चुँडाल्ने अवस्था भएको हुँदा मन्त्रालयको संख्या बढाउने सहमति भएको राइले बताए । 

राम्रा मन्त्री छान्दा पनि नपाएकाले विरोध गर्ने प्रवृत्ति रहेको उनले बताए ।