सुहाङले इलाम–२ बाट गराए उम्मेदवारी दर्ता

न्युजलय ७ माघ २०८२, मङ्गलबार ०८:३८ मा प्रकाशित

इलाम । नेकपा एमालेका तर्फबाट इलाम–२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले इलामले नेम्वाङको नाम एकल सिफारिस गरेको थियो ।