नेप्सेमा २४ अंकको गिरावट

न्युजलय १७ फाल्गुण २०७९, बुधबार ०९:१२ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९९५ अंकमा आएर रोकिएको हो ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ३७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय अंकको बिन्दुतर्फ आएपनि आदर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।

आज नेप्सेमा अप्पर तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा धेरै किनबेच भएको छ ।