राजविराज । सप्तरीमा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।
आक्रमणबाट अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मोहनपुर सुकुमबासी टोलकी ५५ वर्षीया कृष्णमाया नेपालीको मृत्यु भएको हो ।
सोही गाउँपालिका–१ जन्डोल सिमरा चाप सामुदायिक जंगलमा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
दाउरा काट्न गएको अवस्थामा हात्तीले आक्रमण गर्दा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।