मुख्यमन्त्री राई सरकारी भवनमा सरे

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०६:३५ मा प्रकाशित

 मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सरेका छन् ।   

मुख्यमन्त्री राई विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सरेका हुन् ।

यसअघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्दै आएका थिए । 

मुख्यमन्त्री राई सरकारी व्ययभार कम गर्न आफू सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताए ।

उनले भने ‘विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था मिलाएको छु ।’