दोहोरो अंकले सुधारियो शेयर बजार

न्युजलय २४ माघ २०७८, सोमबार ०९:२० मा प्रकाशित

काठमाडौं । शेयर बजारमा सोमबार(आज) दोहोरो अंकको सुधार देखिएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३‍.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो । 

दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् ।