प्रदेश १ मा आज थप ७०२ जनामा कोरोना पुष्टि

न्युजलय ९ माघ २०७८, आइतबार १२:५२ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३-३, तेहृथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६१४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।