कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई जसपाले पनि विश्वासको मत दिने

न्युजलय ३१ असोज २०८०, बुधबार ०८:०९ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी नेपाल  (जसपा)ले पनि विश्वासको मत दिने भएको छ । 


दलको तर्फबाट बोलेकी निर्मला लिम्बुले देशको संविधान र संघीयतालाई बचाउनका लागि नवनियुक्त मुख्यमन्त्रीलाई गठबन्धनको तर्फबाट विश्वासको मत दिने निर्णय गरिएको बताइन् ।


गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत माग्दै गरेको सम्बोधनमा उनले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउनका लागि आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए ।