आज सुन चाँदीको भाउ

न्युजलय २२ जेठ २०८०, सोमबार ०५:११ मा प्रकाशित

 काठमाण्डौ । सोमबार (आज) सुन चाँदीको भाउ स्थिर छ । 

आज सुनको भाउ हिजो जस्तै तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटबढ भएको छैन । चाँदी पनि हिजो जस्तै आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।