आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने

न्युजलय २४ माघ २०७८, सोमबार ०२:०५ मा प्रकाशित

काठमाडौं । गठबन्धन सरकारले आज २०७९ जेठ ४ का लागि स्थानीय तह निर्वाचनको घोषणा गर्ने भएको छ ।


सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको बताए ।