काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सकिने तयारी भएको छ ।
आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन् ।
इजलासको नेतृत्व गरेकी न्यायाधीश सपना प्रधान मल्लले प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने बताइन् ।
सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको बहसमा निवेदकहरुले ४ घण्टा आफ्ना कुरा राख्न पाउनेछन् ।
कोशीको मुद्दा न्यायाधीश मल्ल सहित डा. कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ ।