काठमाडौँ । मंगलबार(आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ ।