इलाममा बलात्कार आरोपमा एकजना पक्राउ

न्युजलय १७ चैत २०८२, मङ्गलबार ०६:०५ मा प्रकाशित

इलाम। इलाममा बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा देउमाई नगरपालिका–३ सुर्के बस्ने ४० वर्षीय राजु विक रहेका छन् ।  विकले ४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।