♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन संघर्षपूर्ण रहनेछ। कार्यक्षेत्रमा भागदौड गर्नुपर्ला। उच्च पदस्थ व्यक्तिको साथ र सहयोगले विवादास्पद कार्य सम्पादन हुनेछ। आफूमाथि विश्वास राख्नुहोस्, सफलता अवश्य मिल्नेछ।
👉 शुभ रंग: पहेंलो | शुभ अंक: ९
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। घरपरिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
👉 शुभ रंग: सिन्दुरी | शुभ अंक: २
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक क्षेत्रमा समस्याको समाधान हुनेछ। शत्रुताको भावना त्यागी आपसी सम्बन्धलाई सुमधुर बनाउने प्रयास गर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ।
👉 शुभ रंग: निलो | शुभ अंक: ३
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयसँगै आफ्नो सोचमा पनि परिवर्तन ल्याउनुहोस्। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। नमागी अरूलाई सल्लाह नदिनुहोला। रोकिएका कार्य सम्पन्न हुनेछन्।
👉 शुभ रंग: सेतो | शुभ अंक: २
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ अनुबन्धबाट लाभ मिल्नेछ। अधिकारीहरूसँग मेलजोल बनाएर राख्नुहोस्, पदोन्नतिमा सहज हुनेछ। साथीभाइमा आत्मीयता बढ्नेछ।
👉 शुभ रंग: सेतो | शुभ अंक: १
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग वा व्यापार विस्तारमा मित्रहरूको सहयोग मिल्नेछ। मान–प्रतिष्ठा बढ्नेछ। मनमा अनावश्यक सन्देह जागृत हुनेछ। आँटेका कार्य पूरा गर्न सकिनेछ।
👉 शुभ रंग: हल्का निलो | शुभ अंक: ३
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्मिकतर्फ रुचि बढ्नेछ। नयाँ उपलब्धि प्राप्त गर्नका लागि कडा परिश्रम गर्नुपर्ला। हतारमा निर्णय लिनबाट बच्नुहोस्।
👉 शुभ रंग: केशरी | शुभ अंक: ६
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कानुनी मामलाहरू सुल्झिनेछन्। सामाजिक संस्थामा जोडिने अवसर प्राप्त हुनेछ। आकस्मिक धनलाभको अवसर मिल्नेछ। दाइभाइमा आत्मीयता बढ्नेछ।
👉 शुभ रंग: निलो | शुभ अंक: ३
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गुमाएको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिनेछ। आपसी तालमेलको कमीले कार्य अड्किन सक्छ। जीवनसाथीको सल्लाहलाई वेवास्ता नगर्नुहोस्।
👉 शुभ रंग: बैजनी | शुभ अंक: ६
♑ मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। धार्मिक वा सांस्कृतिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ। नयाँ कामको रूपरेखा बन्नेछ।
👉 शुभ रंग: सुन्तला | शुभ अंक: ५
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यसम्बन्धी समस्याले चिताएका कार्य सम्पन्न गर्न नसकिएला। अवसरवादीहरूबाट सावधान रहनुहोला। सत्कार्यमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ।
👉 शुभ रंग: गुलाबी | शुभ अंक: ३
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता आवश्यक छ। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अध्ययनमा लगावले बौद्धिक क्षमता बढ्नेछ।
👉 शुभ रंग: रातो | शुभ अंक: ८
हाम्रो पात्रोबाट