खनारमा कारमा मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जना घाइते

न्युजलय २४ पुस २०७८, शनिवार ०७:३८ मा प्रकाशित

इटहरी । खनारमा कारमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । 

इटहरी आउँदै गरेको बा ७ च ४४७९ नम्बरको कारमा प्रदेश १–०२–०४४ प ५०६ को मोटरसाइकल ठोक्किएको हो । रोकिराखेको कारमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार एक महिला घाइते भएकी छन् । उनको खनारस्थित संजिव मेडिकलमा उपचार भइरहेको छ ।  

दुर्घटना बारे थप बिवरण आउन बाँकी छ ।