हात्तीका कारण झापाका गाउँमा दिनहुँ क्षती

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०१:३३ मा प्रकाशित

झापा । पछिल्लो केही साता झापाको उत्तरी क्षेत्रमा हात्ती आतंकले स्थानीयलाई पिरोलेको छ । जंगली हात्तीले घर भत्काइदिने त्रासमा स्थानीयहरु त्रसित बनेका छन् ।

आइतबार राति झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीले चारवटा घर भत्काइदिएको छ। स्थानीय र प्रहरीले मिलेर गस्ती गरिरहेपनि रोक्न सकिएको छैन ।

डिभिजन वन कार्यालय झापाका अनुसार झापामा अहिले १३ वटा स्थानीय हात्ती गाउँ पसेका छन् । ती हात्ती बथानमा नभइ छरिएर हिँड्ने गरेकाले गाउँ गाउँमा हात्तीले क्षति गरिरहेका छन् ।