झापाबाट लागुऔषध सहित आमा छोरा पक्राउ

न्युजलय १० चैत २०७८, बिहिबार ०७:१७ मा प्रकाशित

 झापा । झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् ।

 बुधबार बेलुका बिषेश सुचनाको आधारमा ईलाका प्रहरी  कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा,  डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान  बरामद गरेको हो ।

 प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको  इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।